उसले कहिल्यै जितेन हारेरै गयो
विचार र विश्वास दुबै मारेरै गयो
आकाशको तारा झार्छु भन्थ्यो
आफ्नै नेता दाशढुंगामा झारेरै गयो ।
**** **** ****

जबज भन्थ्यो त्यैपनि फालेर गयो
दुई दलीय बकम्फुस घोलेर गयो
रात रहे अग्राख पलाउँछ भन्थे
भ्रष्टाचारको कुहिगन्ध हालेर गयो ।
**** **** ****

यति, ओम्नी, गिरीबन्धु, टेरामक्स खाएर गयो
वाइडबडी, ललिता, टीकापुर, भ्याएर गयो
सोझो औंलाले घिउ आउँदैन भन्छन्
बाङ्गा औंलाले ठेकी रित्तै, तर मारेरै गयो ।
**** **** ****

नेपालीलाई भूटानी शरणार्थी बनाएरै गयो
सहकारीमा जनजनलाई डुबाएरै गयो
भ्रष्टाचार शून्नामा झार्ने पो भन्थ्यो
उखानतुक्काकै भरमा अरबौं मारेरै गयो ।