गजल १)

आजको नै भर छैन, भोलिको के कुरा गर्छौ
चल्न छोड्यौ ढुकढुकी नै, बोलीको के कुरा गर्छौ

बिर्सिसक्यो मुलुकले, भाइ-चारा र परम्परालाई
रंगिएको छ रगतले, होलीको के कुरा गर्छौ

वकालत छोड़ अब, बेचिएका ती नदी-नालाको
आफ्नै देश बेची सके, खोलीको के कुरा गर्छौ

इज्जत च्याती अंग-अंग, हेरी सके छिमेकीले
लाज ढाक्ने उध्रेको त्यों, चोलीको के कुरा गर्छौ

भिर्छ बन्दुक काँध माथि, मारी उसलाई भाला रोपी
जलाउँछन् पेट्रोल हाली, गोलीको के कुरा गर्छौ ।

गजल २)

हिजो आज साँझपख अलिकति पिउने भाछु
दुनिया लाई भुलायर तिम्रै यादमा जिउने भाछु

जूनकिरी र पुतलीले बत्तीसँग खेले जस्तै
खेल्दा फुट्या मनलाई नशाले नै सिउने भाछु

घाउ अलि निको भाथ्यो खाटा बस्नै बाँकी
यादै हुन्न दुखाई कस्तो मात्तिएरै बिर्साउने भाछु

लाल आँखा ढलपल जिउ थर्थराका ओठहरू
चाहिँदैन सिंगो शरीर छायाँले नि तर्साउने भाछु

हिजो आज साँझपख अलिकति पिउने भाछु
दुनियालाई भुलाएर तिम्रै यादमा जिउने भाछु

गजल ३)

तिमीलाई सम्झी तिम्रो यादमा मन रुन्छ मेरो
टाढा भयौ भने मनको कुरा कस्ले सुन्छ मेरो

टाढा हुनु थियो भने झुठो माया लाउनु किन
मन दुख्छ मुटु दुख्छ आँशुले परेली धुन्छ मेरो

चोखो मेरो माया धेरै सस्तो भयो तिमीलाई
तिमी टाढा हुँदा एक्लो रात साथी हुन्छ मेरो

मर्छु होला तिम्रै पिरेले बाँच्ने आश छैन अब
तिम्रो लागि मरे भने लाश कस्ले छुन्छ मेरो

तिमी सँगसँगै जिउने सँगै मर्ने सपना बुन्थे
मरिहाले भने सुन्दर सपना कस्ले बुन्छ मेरो ।