नमर्दै मर्‍यो जिन्दगी बारबार
बनी लास जिउँदै छ के बाँच्नु सार ।

नदी स्थूल चट्टानमा बज्रिएझैँ
सयौँ कष्ट भोग्छन् दुनियाँ हजार ।

भयो दु:ख प्यारो सधैँ दर्द जाती
बगर जिन्दगीले नछोऊन् किनार ।

जहाँ बाज हिंस्रक बनी टिप्छ चल्लो
त्यहीँ निर्मला छन् बनेका सिकार ।

छ दुर्भावनाको जहाँ उच्च भाउ
म बेकार राख्दै छु उत्तम विचार ।

 

[बहर : मुतकारिब मुसम्मन सालिम]