मेरो प्रेम कहानी लुकाई रहें
भन्न सकिनँ आँखा जुधाई रहें

यो संसारमा उनी कहाँ म यहाँ
मायाको पोको सपनामा फुकाई रहें

धेरैपछि उन्को यादमा डुब्दै जाँदा
बालापनका कुरा मनमा खेलाई रहें

लामो यात्रापछि जिन्दगीलाई यतै
दियो सँगै सम्झनालाई जलाई रहें

कुन्नी किन म मात्र हो या उनीलाई नि
मायाको पोको भित्र भित्र फुकाई रहें ।