छपनीले पर्खाल ढाकेको किन होला !
वनचरीले गुँडमा डाकेको किन होला !
एक जिन्दगी डुङ्गामा यात्रा गरिरहेछ
तन मन अल्लि थाकेको किन होला !
तिमीलाई भेट्न आउन जरुरी थियो
चुलोमा व्यञ्जन पाकेको किन होला !
केही कदम बिस्तारै हिँड, ए जिन्दगी !
अनाहक सवारी हाँकेको किन होला !
तिम्रो लागि मर्छु होइन म छु भन्दैथे
शिरमा पेस्तोल ताकेको किन होला !
तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला