नजर तिम्ले झुकाएर दिल यो चोरी दियौ
यो मुटुमा प्रेमको अमर गीत कोरी दियौ
नजर तिम्ले झुकाएर…
सोह्र श्रृङ्गार पहिरनमा सजिएकी तिमी
रैछ्यौ फूल गुलाबझैँ फक्रिएकी तिमी
प्रकृतिले साँच्चै सुन्दर बनाएकी तिमी
पूर्णिमाको जून पनि हराएकी तिमी
ओठ टोकी लजाएर ज्यूँदै मारी दियौ
यो मुटुमा प्रेमको अमर गीत कोरी दियौ
नजर तिम्ले झुकाएर…
कहाँ होला तिम्रो गाउँ के पो होला नाउँ
लाग्यो मलाई अबदेखि तिम्रै गीत गाउँ
तिमीसँग संसार भुल्ने चोखो माया लाउँ
जोडी ढुकुर बनी सँगै जिउन मर्न पाउँ
बोल्न तिमी धकाएर पीरमा पारी दियौ
यो मुटुमा प्रेमको अमर गीत कोरी दियौ
नजर तिम्ले झुकाएर दिल यो चोरी दियौ
यो मुटुमा प्रेमको अमर गीत कोरी दियौ
नजर तिम्ले झुकाएर…।
ओखलढुंगा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला