वेदनाका पोका खोल्थ्यौँ आफ्ना आफ्ना भागको
थेन कतै तँछाड् मछाड् रिस रागको
टाढा भाका दिदीबैनी भेटघाट हुन्थ्यो तीजमा
सब्ले सब्को सम्मान गर्थे हरेक चिजमा
हेर्दाहेर्दै जमानाले उल्टो कोल्टो फर्कियो
हिजोको तीज सम्झेर छाति चर्कियो
शहरमा तीजका गीत जेठैदेखि घन्किए
हाम्रा चाडको आफ्नोपन त त्यसै थन्किए
हामी सबलाई शहर बस्ने रहरले सतायो
शहरका तीज कस्ता हुन्छन् दरले बतायो
गीत पनि छाडा बने नाच हेर्नै सकिन्न
हामी सचेत नबने यो क्रम रोकिन्न
आमा, फुपू खुसी छैनन् खुसी छैनौँ छोरी नि
बनाम् माहौल पुरानै तीज दोहोरी नि
आधा गाउँ आधा शहर भोग्यौं हामी जस्ताले
हामीबाटै सिक्नु पर्छ नयाँ पुस्ताले
चोखो शुद्ध दर पकाऊँ छाडम् होटल धाउन
मठ मन्दिरमा जम्मा होऊँ नाच्न गाउन
हाम्रै तीजको भाका गाइदिम् पापी शहर थर्काइदिम्
बरिलै मै रमाएर कम्मर मर्काइदिम् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला