१)
कसैको कुरा सुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?
मनमा केही गुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?
हातेमालो गर्दै हिँडे पो त, चुमिन्छ गन्तव्य सजिलै
कसैलाई नि चुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?
२)
लुरे नै छु तर सबलाई मुक्याएर आएँ
भ्रमण गरेँ, भ्रमको सातु बुक्याएर आएँ
मेरो जस्तो अभिनय कसले गर्न सक्छ ?
यता नास्तिक उता आस्तिक झुक्याएर आएँ !
३)
जलहरीमा नाम हुन्छ, कसले सोचेको थियो !
अद्वितीय काम हुन्छ, कसले सोचेको थियो !
देखाउन पो बाहिरपट्टि भरिभराउ देखाउने हो
भित्र रित्तो खाम हुन्छ, कसले सोचेको थियो !
वागमती ११, कर्मैया, सर्लाही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला