कसले के दियो र खै बोल्नसम्म पनि पाइएन
धन दौलत पाएपछि म जस्तो लावारीश चाहिएन
हेरिराख कुनै दिन त पक्कै आउनेछ मेरो पनि पालो
वचनका काँडाले घोचेपछि म छु नि भन्नेलाई पनि सम्झाइएन ।


सवालको जवाफ के कस्ता कुराबाट दिउँ हजुरलाई
लिने कुरा हो तर लिन्न भन्दा कसरी लिऊँ हजुरलाई
यहाँ एक एक पात्र खोज्दै हिडेको छ यो विचरा मनले
सम्झिनै नमिल्ने कुरामा कसरी सम्झिऊँ हजुरलाई ।


सुन्दर रहर र कहर फुत्केकाहरूसँग के पिरती गाँस्नु
के नै रमाइलो कुरा गरेको छ र तिमीले म किन हाँस्नु
यहाँ कसले कस्तो गीत गाउँछ मलाई के थाहा अब
उसले यस्तो गीत गाएको छ भन्दै म किन नाच्नु ?


कसलाई कतिसम्म सम्मान गर्नुपर्छ मलाई पनि थाहा छ
तिमीले सबै मिलाएको जस्तै गर्ने सबै मेरो गल्ती नै भा छ
आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने मेरोमा जुम्रा देख्नेलाई
भन्न मात्रै नमिलेर हो मुखभरिको जवाफ दिउँझैँ ला छ ।

पञ्चकन्या ४, नुवाकोट