विश्व घुमेर
जति रमाए पनि
नेपालै प्यारो ।
भीषण वर्षा
पहिरो काल बन्यो
हरायो गाउँ ।
हरियो वन
हाँँसेर बस्नथाल्यो
इन्द्रेणीसँग ।
आकाश मार्ग
टोर्नेडोको आतङ्क
यात्रीको आँसु ।
सगरमाथा
हाँसीहाँसी हेर्दैछ
नेपाली झण्डा ।
लिवर्टीसँग
तस्बिर खिच्नथाले
प्रेमिल जोडी ।