रोजगार नपाएर ऊ नेपाली, लाहुर खोज्दैछ
घरबेटीले पालेदाइको सत्ता कुकुर खोज्दैछ

बूढी आमा पिँढीमा बसी आँसु झार्दै भन्नु भो
एकमुठी चामल छैन छोरा कोहीनूर खोज्दैछ

कतिसम्म जिताउँछौ तिमी त्यो भ्रष्टाचारीलाई
कि तिम्रो मनले तिम्रै भविष्य चक्नाचुर खोज्दैछ

पैसा चोरी भएकै कारण गएको हुँ उजुरी गर्न
उजुरी गर्न पनि त्यो प्रहरीले दस्तुर खोज्दैछ

धेरै पाप बढिसकेको रहेछ यो धर्तीमा अचेल
पापी त मान्छे नै छ भगवानले असुर खोज्दैछ ।

बर्दिया