त्यो रात तिमी त्यहाँ हुनु दोष कसको थियो
कि त सम्पूर्ण जिम्मेवारी हवशको थियो
के ले तान्यो कि अल्झायो छाड्दै छाडेन
कि दोष मन बदनको खसखसको थियो
हुनुपर्ने हरुको नै हाजिरी आएको छ
अन्जान हैन त्यो रात कारणवसको थियो
घटना त्यो रातको मात्रै भन्न मिल्दैमिल्दैन
नतिजा त महिनौंदेखि लसपसको थियो
रात धमिलो भएर साथ गुलियो भएको
मीठो स्वाद त्यो रात जीवन रसको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला