कलमसँगको खेल हो साहित्य
शब्द शब्दको मेल हो साहित्य
हुँदैन अक्षरको जालझेल यहाँ
अमर भावनाको भेल हो साहित्य ।


जान्छौ कि छोडेर भन्ने पीर, हुन्छ नि, किन हुँदैन
तिम्रोजस्तै हो मेरो मन पनि, रुन्छ नि, किन रुदैन
दुख्छ मुटु जानी जानी, नबोली देऊन रुखो बोली
फेरि चोटको घाउझैँ वचनको घाउ, निको हुन्छ, हुँदैन ।


उनको त्यो चोखो मायामा, अब खोट भएपछि
जता मन लाग्छ त्यतै सार्ने, माया बोट भएपछि
कसलाई दोष दिउँ आखिर, धोका दियो भनेर
हेर आफ्नै मायाले आफैँलाई,जब चोट दिएपछि ।


थुपारेर अचल धन धनवान् के भनौँ र खै
तोडेर कोमल मन बलवान् के भनौँ र खै
सबैले जानु छ एकदिन नठान अजम्बरी
बाँचेर मान्छेकै जीवन भगवान् के भनौँ र खै !

बाजुरा