बाध्यतामा परी विदेशिदै छ आज
दुःख छाडी सुख लिन जाँदै छ आज

भुलाई सबै आफ्ना आफन्त मनका
माता मातृभूमि छोडी जाँदै छ आज

धागो बिनाको चङ्गाझैँ जीवनसार
धनको आशा मनको लासै छ आज

धन र सुख रहेछ अत्यन्त टाढा
अभागीलाई नियति ठग्दै छ आज

पराइ देशमा छैनन् कोही आफ्ना त
मरुभूमिमा खेती लगाउँदै छ आज

भित्री छाती पोल्ने परिवारको याद
पीडा खेप्दा आमा नि पुकार्दै छ आज

सुख खुसी पाउने झिनो आशा लिँदा
वृद्धपनले तन ढाकिदैँ छ आज

मिहिनेत परिश्रमको सङ्घर्षमा
सबै त्यागी बाकस फर्कंदै छ आज।