१.
जिन्दगीले स्वाट्टै बाटो मोड्ला जस्तो छ
मनले मुटुसँग नाता तोड्ला जस्तो छ
शङ्का मात्र लाग्ने गर्छ मलाई किन होला
सासले पनि यो देहलाई छोड्ला जस्तो छ ।

२.
तिमीले नै जिन्दगीको बाटो मोडेकी हौ
हामी बीचको सम्बन्ध तिमीले तोडेकी हौ
नानाथरी कुरा गर्दै हिँड्छौ तिमी अचेल
मेरो माया लत्याएर तिमीले छोडेकी हौ।

३.
माया गर्छु साथ दिन्छु भन्दै नाता जोड्यौ
मलाई लुटिसकेपछि सम्बन्ध नै तोड्यौ
मायाजालमा फसाएर लुट्ने रैछौ तिमी
तन्नम बनाएर मलाई सडकमा छोड्यौ।

४.
लाएपछि पिरिम घात गर्नु हुँदैनथ्यो
तिमीले खुरापाती बात गर्नु हुँदैनथ्यो
चुस्यौ मेरो यौवन रस भाग्यौ अँधेरीमा
यस्तो गल्ती रातारात गर्नु हुँदैनथ्यो ।

 

नवदेव मार्ग- लालभित्ती, मोरङ