१.
तिमीभित्र सारा खुसी बिसाइदिन्छु प्यारी
खन्याएर यौवन त्यतै मिसाइदिन्छु प्यारी
बुझ्नुपर्छ तिमीले पनि यो मनले के माग्छ
नत्र कसम बोल्दिनँ म रिसाइदिन्छु प्यारी ।
२.
खन्याएर प्रेमको प्याला गर्नु गर्यौ तिमीले
गुलाफको फूल दिई यो मन हर्यौ तिमीले
मदहोसी बनाई मलाई बेरी अँगालोमा
सुटुक्कै पिरतीको बीउ छर्यौ तिमीले ।
३.
बिछ्यौनामा फूल छरी यो रात बिताउनु छ
यौवनको प्याला भरी यो रात बिताउनु छ
अँगालोमा बाँधिएर हराउँदै एकअर्कामा
सारा हदलाई पार गरी यो रात बिताउनु छ ।
४.
साट्न खुसी र उमङ्ग मन छ मलाई प्यारी
पार्न प्रेमले सधैँ दङ्ग मन छ मलाई प्यारी
मिसाई हरदम जवानी यो तिम्रो यौवनसँग
चुम्न तिम्रा हरेक अङ्ग मन छ मलाई प्यारी।
नवदेव मार्ग, लालभित्ती, मोरङ
हाल: गोदावारी, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला