(बहर:मुतकारिब मुसम्मन सालिम)
कठै जिन्दगानी भयो क्लान्तजस्तो
कथा लाग्छ मेरो वियोगान्तजस्तो
नमिल्दा सहारा निको हुन्न घाउ
दबाएर आशा बसेँ शान्तजस्तो
तिमी हौ छिमेकी नबोलेर बस्छौ
सधैं माथि पर्ने छ सिद्धान्तजस्तो
वचन सुन्नुपर्दा भएँ आज दिक्क
भएँ नित्य दु:खित अविश्रान्तजस्तो
मिलेको थियो मन्त्र संसार हाँक्ने
कथा भन्न खोज्दैछु मर्मान्तजस्तो ।
– चुँदी, तनहुँ
हाल: मातातीर्थ, काठमाडौं
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला