संयोगान्त छ वा वियोगान्त छ लेखिन सकेको छैन
जिन्दगी कस्तो प्रश्न हो उत्तर सम्झिन सकेको छैन

ऊ एक व्यापारी हो जो हजारौँलाई फूलहरू बेच्छ
वर्षौ भयो आफ्नै प्रेमिकालाई फूल दिन सकेको छैन

एकपटक देश सम्झिनोस् सगरमाथा सम्झिनोस्
शिर उठाएर गर्वले बिचरो उभिन सकेको छैन

पहाडबाट तल खसेको पानीझैँ भयो एक मान्छे
नजरबाट खसेको ऊ नजरमा फर्किन सकेको छैन

समयले पनि पुर्न नसक्दो रहेछ कुनैकुनै यादहरू
बिर्सिएर जानेहरूलाई पनि बिर्सिन सकेको छैन ।

रुकुम पश्चिम