तिमीले भन्यौ जो, सबै सत्य होइन,
म भन्दिनँ त्यसमा, कुनै तुक छैन
यी जो चोटपटक छन्, सबै देखिदैनन्
यो जीवन हो यसमा, समस्याहरू छन्

सडक छन् सडकमै, खाडलहरू छन्
छ रमझम र यसमै, अनेक छलहरू छन्
यो बेइमान शहर जो, फगत् झुट बेच्छ
यो जीवन हो यसमा, समस्याहरू छन्

यी सपनाहरू छन् र केही यादहरू छन्
र, यिनलाई बाँध्ने, अनेक साँधहरू छन्
यो भीड्भाड्, यो हुलचाल् यो सपनाको बिस्कुन…
यो जीवन हो यसमा समस्याहरू छन् ।

महालक्ष्मी—३, बोझेपोखरी, ललितपुर