जब तिम्रो र मेरो एउटै विचार हुनेछ
तब हाम्रो सामु संसारकै हार हुनेछ

जन्मनेछ नयाँ काव्य लिएर चेतना
नयाँ प्रेम दर्शनको फेरि प्रचार हुनेछ

भोजपुरे खुकुरी लुक्ने छ दापभित्र
बुढो त्यो अचानोमा नयाँ धार हुनेछ

लाटाले बोल्ने छन,अन्धाले हेर्ने छन्
कसरी सूर्यको मुहार अन्धकार हुनेछ

सयौँ फूलका एउटै थुँगो बन्नेछ प्रेम
यसरी हाम्रो प्रेमराज्य विस्तार हुनेछ ।