फेरि त्यस्तै दिन आई दियो के गर्ने
बिर्सेको अतीत सम्झाई दियो के गर्ने

खाली पेट छामेर म दिन भर रोएँ कराएँ
खाना लागेको भाग खाई दियो के गर्ने

बिहेपछि घुम्नलाई कौडि नुहुँदा गोजिमा
आफ्नी श्रीमती अर्कैले घुमाई दियो के गर्ने

मलाई त्यो प्रेम नाम पनि दुस्मन नै लाग्छ
त्यो प्रेमले मेरी प्रेमिका उडाई दियो के गर्ने ।

भेरी नगरपालिका -७, जाजरकोट