गीत १
मलाई दुःख्दा तिम्लाई दुःख्छ भन्छौ छाती
कति साइनो हुँदो रैछ साथी भन्दा माथि
तिम्ले नजर तर्दै तर्दै बाटो काट्दा खेरी
मेरो नजर तिमीसित किन जुध्छ फेरि
सपनीमै तिम्रो तस्वीर आउँछ दिन राति
कति साइनो हुँदो रैछ साथी भन्दा माथि
सारा संसार आफ्नै तिमी छेउ आउँदा
कस्तो होला जिन्दगानी तिमीलाई पाउँदा
कति हुन्छन् यहाँ स्वार्थी विश्वासघाती
कति साइनो हुँदो रैछ साथी भन्दा माथि ।
गीत २
माया दिन्छु भन्ने थोरै बोकी लाने धेरै
सम्झिदिने भन्दा पनि बिर्सी जाने धेरै
छुन खोज्दा जुन तारा माथि अकासको
नटुटुन् सपनाहरू जीवन जिउने आसको
माया साट्ने बहानामा मन खाने धेरै
सम्झिदिने भन्दा पनि बिर्सी जाने धेरै
मुखले एउटा कुरा बोल्ने मनभित्र अर्कै
देख्दाचाहिँ नरम लाग्ने कुरा गर्ने चर्कै
सम्बन्धका साइनोहरू आफ्नै माने धेरै
सम्झिदिने भन्दा पनि बिर्सी जाने धेरै ।
खिजीदेम्वा–३, ओखलढुङ्गा
हाल: काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।