मैले पढ्ने विद्यालय पाठशाला नेपाल हो
हामी सबैले भन्छौँ यसलाई विद्याको मन्दिर हो
हाम्रो विद्यालयमा धेरै जना विद्यार्थीहरू छन्
शिक्षक शिक्षिकाहरूले माया गरी उढाउँछन्

कति राम्रो छ हाम्रो विद्यालयको भवन
त्यस्तै राम्रा छन् हाम्रा गुरुहरूका मन
हाम्रो विद्यालयमा पाठ्यक्रम थरी थरी
साथीभाइ मिलिजुली पढछौँ घरी घरी

गुरुआमाले पढाएको सुन्छौँ ध्यान दिई
घर आउँछु साथीसगँ धेरै ज्ञान लिई
विद्यालयमा औपचारिक शिक्षा प्राप्त हुन्छ
जुन शिक्षाले हाम्रो सुन्दर भविष्य बुन्छ

हामी कविता र कथाका रमाइला किताब पढ्छौँ
सबैजना मिलेर खेलमैदानमा खेल पनि खेल्छौँ
आज हामी ज्ञानी भर्इ पढ्ने लेख्ने गर्छौ
भोलि मिहिनेत गरी देशको विकास गर्छौं

कक्षा ६ ख
पाठशाला नेपाल फाउन्डेसन