१.
जसले अन्धाधुन्ध ती रुख काटेको छ
प्रकृतिलाई यहीँ उसैले ढाँटेको छ
वातावरण दिवसको नाउँमा फेरि
पालुवाको अचार पिसेर चाटेको छ ।
२.
जीवनका पाइला निगरानीमा राख्नु
जोश जाँगर सबै बलिदानीमा राख्नु
किन्नर किन्नरी परेला जुधाएपछि
त्यो फिराद पत्र दर्ता चलानीमा राख्नु ।
३.
वियोगान्त भेटेँ यथार्थ हरफभित्र
म मरेको दिन कल्पना छ त्यो सचित्र
जवानी र धन दौलतपछि लाग्नेले
कर्मकाण्डी गरेको काम होला पवित्र ।
गजुरी, धादिङ्ग
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला