जिन्दगीका दिन अनि रातहरू, तिमीसँगै बितोस्
कहानी मायाको हाम्रो, मात्रै तिमीसँगै लेखोस्

तिमी रिसाए मैले फकाउने छु, म रिसाए तिमीले
दुनियाँसँग लडेरै जितुँला मात्र, तिमीसँग हारोस्

लर्लबराउलान् यी पाइलाहरू, हात थामिराखेस्
तिमी नै हौ मनको शान्ति, तिमी जाँगर जोस्

एक एक गर्दै सारा खुसी, हाम्रा समीप आउँछन्
मिहिनेतले हाम्रो दु:ख कष्ट निकै, टाढा छुटोस्

जति माथि पुगे पनि धरातल यो, कहिल्यै नभुलूँ
शिरले आकाश छोए पनि पाइला, जमिनमै होस् ।

भक्तपुर