अत्तर सुंघि दुर्गन्ध छर्ने बोली बढेको छ
अमुखरित मानिस आज बलि चढेको छ

आसनमा बसेकालाई, सोघौँ कति पढेको छ?
युवाशक्ति कौडी भयो, सीप सढेको छ

चरित्र र विश्वासको आयतन घट्नु घटेको छ
निर्भीक भई हिँड्न खोज्ने, डिलमा लडेको छ

शासन र सत्ता फिर्यो, अवस्था जहिल्यै उस्तै
पीर माथि पीर सधैँ, दिलमा खिल गढेको छ

हुन्न आफैँ मूल कञ्चन, ढल छिरेको छ
सेतो हात्ती प्रणालीको सिँढी चढेको छ।