केही थप समय मलाई रुनिदिनुस् मालिक
आँसु पुछ्ने छुट्टै रुमाल बुनिदिनुस् मालिक

बाङ्गो रुख देख्दादेख्दै सिधा भनौ कसोगरी
मेरो मनको सानो पीडा सुनिदिनुस् मालिक

हजुरजस्तो हुन मेरो औकात कहाँ पुग्नु
मानव हुँ म मावनको जुनिदिनुस् मालिक

पशुभन्दा तल्लो मलाई सोच्नु हुन्छ हजुर
यो गलामा दाम्लो पनि उनिदिनुस् मालिक

हजुरका पाउ मालिस गरी बस्नु मलाई छैन
सहन्छु म झ्यालखानामा थुनिदिनुस् मालिक।

रुम्बेक, दक्षिण सुडान