दुःखसँग आँसु पनि बाट्नु रैछ यहाँ
मनसँग माटोलाई साटनु रैछ यहाँ
जिन्दगी यो सोझो बाटो लाग्ला कसैलाई
कति मोड अनायासै काट्नु रैछ यहाँ
सबै राम्रो हुँदैन रे मनले चाहेजस्तो
घरी घरी जानीजानी ढाँट्नु रैछ यहाँ
धेरै छन् रे संभावना धेरै गर्न सकिन्छ रे
एकचित्त भई हिम्मत गरी आट्नु रैछ यहाँ
जिन्दगीको चौबाटोमा कति धेरै साथी मिल्छन्
वैरी ,शत्रु, हित, मीत छाट्नु रैछ यहाँ
सग्लो भन्थे सरोवर अग्लो भन्थे धुरा
काली,कर्णालीमा कैलाश फाट्नु रैछ यहाँल।
परशुराम- १२ लालढुङ्गा,डडेल्धुरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला