पटमुर्खले अर्काको सम्पत्ति मिच्यो
गौप्राणीको भावनालाई नि थिच्यो
बेइमानी मात्र जानेको छ उसले
लाजै नमानी तमाम चिज घिच्यो

००००

इमानदार बन्दाबन्दै म तिरष्कृत भएँ
समाजसेवा गर्दागर्दै म बहिष्कृत भएँ
यस्तै छ हाम्रो देश परिवेश र समाज
विपनामा होइन सपनामा पुरस्कृत भएँ

००००

अगाडि बढ्न खोज्दा राँगोले बाटो छेक्यो
नुहाउन नदीमा झर्दा छाँगोले बाटो छेक्यो
जिन्दगीमा सलबलाउँछन् तगाराहरू तमाम
सुस्तसुस्त हिँड्दा पनि डाँगोले बाटो छेक्यो

००००

बुढानीलकण्ठ, काठमाडौँ