कति छन् घाउहरू मनभित्र दुखेका हिसाब छैनन्
कति छन् दाउहरू मनभित्र लुकेका हिसाब छैनन्

भाग्यमा आगो लागेपछि जल्दो नै रहेछ खुसी
जलेर खुसी रापले सपनाहरू सुकेका हिसाब छैनन्

अटल, अजर बन्न सकेनन् आँटहरू हिमालजस्तो
स्वार्थले काँतर बनी शिरहरू झुकेका हिसाब छैनन्

कसले गर्छ होला नि अब आन्दोलन चिन्हारीको
अरूको आसमा नै लक्ष्यहरू चुकेका हिसाब छैनन्

अहमले मार्छ बुद्धि, ज्ञान जति नै सभ्य भएपनि
रिस, रागमा नै गाढ़ा नाताहरू टुटेका हिसाब छैनन् ।

डाउहिल,खरसाङ,भारत