१.
केही छैन यहाँ सुधार भएको बेहाल मात्रै देखिन्छ
खडेरी पर्यो पानी छैन सुख्खा ताल मात्रै देखिन्छ
हाम्रो देशमा भ्रष्टाचारी दलालहरूको बिगबिगी भो
नेपालको ने खाइसक्यो अब पाल मात्रै देखिन्छ ।
२.
हत्या हिंसा मात्रै बारम्बार बढ्न लागेको देख्छु
घुसखोरी चोरी भ्रष्टाचार बढ्न लागेको देख्छु
दुर्घटना मात्रै हुन थाले दिनहुँ दिन यो देशमा
कारण बेथिति कुसंस्कार बढ्न लागेको देख्छु ।
३.
विकृति रोक्न नदिने कपूतको अन्त्य कहिले होला ?
भेदभाव अनि यो छुवाछूतको अन्त्य कहिले होला ?
नारीलाई छुनु हुन्न महिनावारी भएको बेला भन्ने गर्छन्
प्रभु रिसाउँछन् भन्ने मन भूतको अन्त्य कहिले होला ?
४.
कसरी जिउँ विधुर भएर जीवन रुन मन लाग्छ
यी साना टुहुरा बच्चालाई देखेर झन् रुन मन लाग्छ
बुबा प्रदेश गएका बर्सौ भैसक्यो अत्तोपत्तो छैन
घरमा बुढी आमा बिमारी छन् रुन मन लाग्छ ।
सुदुरपश्चिम बैतडी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।