कुन कसुरको बदलामा तर्की हिँड्ने भयौ ?
बोलाउँदा नि नसुने झैँ फर्की हिँड्ने भयौ
हर भेटमा प्रश्न गर्यौ, माया कति गर्छौ ?
आफैँ मापन गर भन्दा झर्की हिँड्ने भयौ
लाग्दैनथ्यो यति सम्म तल गिर्न सक्छ्यौ
दुर्वाच्यका थोपाहरू छर्की हिँड्ने भयौ
वचन पक्का यता गर्यौ उता अर्को रोज्यौ
शिरमा सिन्दूर सजाएर लर्की हिँड्ने भयौ
सहनु छ जीवन जित्न अर्ति थियो यही
के जित्नलाई चर्को स्वरमा चर्की हिँड्ने भयौ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ कार्तिक २०८२, आईतवार 










