यसो फुर्सद मिले हाजिर हुन आउनुहुन्छ
यस्तो तालले नराम्रोसँग दुःख पाउनुहुन्छ
विदेश गएपछि केही त नयाँ सिक्नुभएछ
जस्तो बैगुनीलाई समेत गुन लगाउनुहुन्छ
थकाई मार्न बसेको भरिया जस्तो लाग्ने
उता ड्युटी सकेर कतिबेला निदाउनुहुन्छ
मनमा करोडौँको पिर भएपनि घर आउँदा
एक छाक खानुहुन्छ बाहिरै रमाउनुहुन्छ
समयको उच्चतम प्रयोग गर्न जान्ने मान्छे
हतार हतार झुटो माया गर्न भ्याउनुहुन्छ ।
तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला