बाआमाका कुरा सुनिदिनु पर्छ
चित्त नबुझेमा भनी दिनु पर्छ

कसैले तिमीलाई माया गरेन भने
आफैंले आफैंलाई माया गरिदिनु पर्छ

तिमीलाई मनमा दुःख लागिरह्यो भनी
सबै कुरा ठीक हुन्छ भनी कुरी दिनु पर्छ

जिन्दगी एकबारलाई हो फेरि फेरि पाइन्न
दुःख सुख जे भए पनि रमाइदिनु पर्छ

जिद्दी गर्नु हुन्न कठोर बन्नु हुन्न सुन
रिसका अगाडि नरम बनिदिनु पर्छ

धेरै हतार गर्नु हुन्न बुझ्न धेरै बाँकी छ
पढ्नु पर्छ अनि अघि बढिदिनु पर्छ

गल्ती भयो असफलता भयो भनी सुन
अरु अनि आफैँलाई क्षमा दिनु पर्छ ।

लालबन्दी ४, हरिभवन, सर्लाही
(गीतकार लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीका आजीवन सदस्य हुन् ।)