न त कुनै कारोबार, न त कुनै व्यापारले गरेको छ
प्रगति सबैभन्दा बढी, केवल अहंकारले गरेको छ
गुनको पैँचो बैगुनले तिर्दछ, हात दिनेलाई लात छ
लाजै बिनाको नाफा, घमन्डी मतियारले गरेको छ
कसैले सुन्दैन अचेल, सत्य भएपनि अरूका कुरा
फ़राकिलो व्यवसाय, प्रदुषित विचारले गरेको छ
ज़िन्दगीको बक्र रेखा, तलमाथि सबैको भइरहन्छ
अहंतामा उच्चतम लगानी, यही बजारले गरेको छ
चिनाउँनु पर्दैन आजकल, कोही कसैलाई कसैसँग
हरेक मान्छेको परिचय, स्वयं व्यवहारले गरेको छ ।
~~~~~~~~~~~~~~
कुश्मा, पर्वत, नेपाल
हालः टोरोन्टो, क्यानडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला