सर्टिफिकेट राम्रै भए पनि जागिर पाउन धौ–धौ परेको छ
लोक सेवा लडेर जितेको परिणाम पनि बसाइँ सरेको छ
युगअनुसार चल्नै पर्यो, कुर्सीको खुट्टो नि मल्नै पर्यो
हिजोको कुखुराचोरलाई आज मेरै हातले सलाम गरेको छ ।
१.
छात्रछात्राका झगडाहरू प्रशासनलाई सङ्गीत भएका छन्
परिमार्जित शिक्षाका पक्षधरहरू यहाँ दण्डित भएका छन्
रिन लिएर, फिस तिरेर, पासै भएर पो खै के नै नापियो र ?
जब वेदका ऋचा नबुझ्नेहरू नै यहाँ मूल पण्डित भएका छन् ।
२.
वैदेशिक ऋणको पासोमा देशले विकास गरेको छ
कुर्सीको प्रतिस्पर्धामा निर्माणको भाषण झरेको छ
कतै सगरमाथा नै लिलाम बढाबढमा पो पर्ने हो कि !
सिक्किम र तिब्बतको कथा सुन्दा निकै पीर परेको छ ।
३.
ज्याग्दीखोला, स्याङ्जा
हालः पोखरा- १७
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला