गर्न सकिनँ गतिलो आर्जन खुसी नै छु
भेटिएन कतै आफ्नो-पन खुसी नै छु
आस्था टुट्यो एकोहोरो गर्दा प्रेमको पूजा
चाहेनौ गर्न दिलभित्र जतन खुसी नै छु
ठक्कर खायो, पत्थर बन्यो आँधी हुरी सह्यो
अब हिउँ जस्तो पग्लिन्न मन खुसी नै छु
झुटो बोल्यौ सधैँ, मैले सत्य ठानिरहेँ
न खोज्यौ जोगाउन आश्वासन खुसी नै छु
जिन्दगी नै धितो राखी लडेँ तिम्रो निम्ति
कहिल्यै पाइनँ मिठो वचन खुसी नै छु।
गार्मा मा.वि.,सोलुखुम्बु
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला