देश छाडेँ त के भो? सपना त्यहीँको आउँछ
भन तिमी जे भन्छौ, मेरो मन त्यहीँ बाँच्छ

जब देखिन्छ तारा नभमा गाउँ म मेरो भेट्छु
पल्टिएर आकाशमा बालापन मेरो टेक्छु
हिँडिगएँ त म के भो, सम्झना त्यहीँको आउँछ
भन तिमी जे भन्छौ मेरो मन त्यहीँ बाँच्छ

आदिदेखि हो डुलुवा मान्छे नै म ठहर्छु
छोडी गए पनि आफ्ना माया असीमित गर्छु
विदेशिए त के भो? आँसु त्यहीँको आउँछ
भन तिमी जे भन्छौ, तिर्खा त्यहीँको लाग्छ ।