जुटेको हेरूँ म टुटेको न हेरूँ
आफन्तै आफन्त छुटेको न हेरूँ
कसैका नझरुन् नयनबाट झरी
चेलीको अस्मिता लुटेको न हेरूँ
कुकृत्य नगरी स्विकार्न नपरोस्
सत्यमा असत्य जुटेको न हेरूँ
आफैँले चुसेको छातीमा टेकेर
अंशले वंशलाई कुटेको न हेरूँ
हे आमा धरती चाहना छ मेरो
लुटेको टुटेको फुटेको न हेरूँ !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला