१.
अमृत भन्दै विष तिमीले, पिलाएर गयौ
मुटु झिकी बाहिर छाला, सिलाएर गयौ
चितामाथि सुताएर, आगो लगाई मलाई
मशान घाटको धुवा सरी, बिलाएर गयौ ।

२.
बग्दा बग्दै खोला झरना, सुक्यो भने के गर्नु
जाले रुमाल बुन्दा पोया, फुक्यो भने के गर्नु
मरिन्छ रे दशा लाग्दा, बलेसीमा ठेस लागी
चल्दा चल्दै मुटु धड्कन, रुक्यो भने के गर्नु ?

३.
जिन्दगीमा मलाई तिमीले, धेरै प्यार गर्‍यौ
जस्तो थिएँ तिमीले, त्यस्तै स्वीकार गर्‍यौ
महारानी जस्तै भाछु, तिम्रो माया पाउँदा
गुलाबको फूलजस्तै, मेरो स्याहार गर्‍यौ ।

४.
छोरा सधैँ मुस्कुराउनु तिमी, अहिले जसरी
दुःख भोग्न नपरोस् तिमीले, मैले जसरी
धेरै कुराको अभाव थियो, म सानो हुँदा
अभाव हुन्न बाबु तिमीलाई, पैले जसरी ।

५.
तिमीले प्यारा जीवनमा, हार नखानू
सिपाही जस्तै डटिरहनु, मार नखानू
नशा पिई समस्याको, समाधान हुन्न
गाउँघरमा जाँड रक्सी, निगार नखानू ।

६.
कहिले सजिलो कहिले अप्ठ्यारो दिन हुन्छ
कहिले पहिलो पालो कहिले बाह्र तीन हुन्छ
कहिले हिँड्छु म साहुनी जस्तै मख्ख बनी
कहिले थोपरिएको मै माथि अथाह ऋण हुन्छ ।

स्थायी ठेगाना- माण्डवी गाउँपालिका-४ प्युठान
हाल- रुम्बेक, दक्षिण सुडान