मुक्तक १
कोही नेपालीको काम अधूरा नबसोस् शुभकामना
कोही कसैले पनि दुःख छ भनी नभनोस् शुभकामना
असि साल सारा नेपालीको लागि नराम्रो साल बन्यो
आउने सालमा कसैले पनि रुन नपरोस् शुभकामना।
मुक्तक २
अजम्बरी भनिएका नाता टुटेको मैले देखेको छु
सिसाजस्तै गरी विश्वास फुटेको मैले देखेको छु
प्रेम गर्दैमा तनमन सबै सुम्पिन किन तयार हुन्छौ ?
विवाह भएपछि पनि सम्बन्ध छुटेको मैले देखेको छु ।
मुक्तक ३
तपाईंको प्रगति देखेर जल्नेहरूसँग डराउनु
भित्रभित्रै आगो भई बल्नेहरूसँग डराउनु
रङ्ग दल्नेहरूसँग कहिल्यै पनि डराउनु पर्दैन
जीवनको यात्रामा रङ्ग बदल्नेहरूसँग डराउनु ।
सिद्धिचरण नगरपालिका १०, ओखलढुङ्गा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला