तिम्रो सापटीको मायाले मन दुखाएको छैन
घाम डुब्दै गर्छ, क्षितिज अस्ताएको छैन
उनी उताकी पनि उत्तिकै प्यारी रैछिन्
गल्ती मैले गरेछु, दोहोरो माया लाएको छैन
झुप्रो र सरकारको एउटा प्रेम कथा छ चिहानमा
फूल चढाएको थियो, लास जलाएको छैन
मलाई कसैले नोक्सान गरेको छैन आजसम्म
मैले पनि कसैको फाइदा उठाएको छैन
परीक्षा थियो सहनशीलताको विषयमा
परीक्षा लिने मान्छे कोही आएको छैन
एउटा कविता गातामा पनि कोर्दिनुस् कविजी
तुलना गर्नेले किताब पल्टाएको छैन
तस्बिर खिच्ने ऊ रिसाएर जानु पर्यो
जे होस् म अझै मुस्कुराएको छैन ।
दुधौली -१, सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला