आर्यघाटमा भिड हुन्छ, सम्पतिवाल मर्दा खेरी
सारा दुनियाँ अन्जान बन्छ, गरिबीले मर्दा खेरी
भोजभतेरमा फुर्सद हुन्छ, उसको आफ्ना भएपछि
आकाश खसे जस्तो गर्छ, उसलाई दुःख पर्दा खेरी
म चाहिँ ठीक छु दुनियाँमा, अरु सबै बेकार लाग्छ
तडक भडक निकै देख्छु, यसो उसलाई हेर्दा खेरी
उसले मात्र जानेको छ, ऊ औँठाछाप भए पनि
छैन विश्वास दुनियाँको, सयौँ कर्म गर्दा खेरी
चमत्कारी उही नै छ, बलात्कारी भए पनि
संसारकै बहादुर हो, जति खेल हार्दा खेरी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ कार्तिक २०८२, आईतवार 







