१
बेला पुगेपछि कपाल फुल्नुपर्छ
लठ्ठीकै सहाराले वरपर डुल्नुपर्छ
कृतिम रंगरोगन त क्षणिक न हो
प्राकृतिक पुञ्जझैँ सदा खुल्नुपर्छ
~~~~~
२.
ढिलो चाँडो सबैको जवानी उस्तै हो
यैँ हरेकले लेख्ने कहानी उस्तै हो
लक्ष्य ध्यय उद्देश्य पूरा गर्न आतुर
सबैको एक मुठ्ठी परानी उस्तै हो
~~~~~~
३.
सच्चा प्रेमले युद्ध र मन दुबै जितिन्छ
युद्धको हतियारमा निराशा मिसिन्छ
जहाँ बुझाई र अनुभव आआफ्नै होला
प्रेमको बहारले अदृश्य हृदय खिचिन्छ
~~~~~
गजुरी, धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला