तिमी खास बान्की, तिमी खास् उमङ्ग
मेरो क्यानभासमा, तिमी खास रङ्ग
नयाँ अर्थ रच्दै, म छु ग्यालरीमा
नयाँ शिल्प थप्दै, तिमी छ्यौ मसंग
तिमीलाई भेट्दा, नयाँ भाव भेट्छु
तिमीलाई नभेट्दा, म पोत्छु र मेट्छु
तिमी हात बढाउँछ्यौ, म देखिन्छु दङ्ग
मेरो क्यानभासमा, तिमी खास रङ्ग
तिमी ठुस्की दिन्छ्यौ, र कालो थपिन्छ,
तिमी मुस्कुराउँंदा, उज्यालो थपिन्छ
तिमी गुन्गुनाउँछ्यौ, र उठ्छन् तरङ्ग
मेरो क्यानभासमा, तिमी खास रङ्ग ।
महालक्ष्मी— ३, बोझेपोखरी, ललितपुर