अन्धकार हटाउने दीप, बाल्ने बन्नु तिमी
निरन्तर प्रगतिका, पाइला चाल्ने बन्नु तिमी

आउँछन् कति कठिनाई, जीवन यात्रा गर्ने क्रममा
समस्यालाई खेल सम्झी, हाँसी खेल्ने बन्नु तिमी

छन् बेथिति कुसंस्कार, उस्तै आज समाजमा
साहसी भई जरैदेखि, टिपी फाल्ने बन्नु तिमी

सोची अवसर छैन देशमा, नलागेस् है भीडको पछि
यही माटोमा शितल छानो, हाल्ने बन्नु तिमी तिमीले

नगरे कसले गर्ने ? अब नगरे कहिले गर्ने ?
ज्ञान-सीपलाई परिश्रममा, गाल्ने बन्नु तिमी।

 

(२०८० को एस. ई. ई दिने विद्यार्थीहरूमा आशीर्वाद स्वरूप)