घाइते मुटु बिसाउँछु प्रतीक्षा लय भए
यही मौका हो हेरेर जाऊ थोरै समय भए

चुनाव भएको रहेछ हाम्रो सम्बन्धमा
बाजी जित्यौ तिमीले नै मत पराजय भए

किन किन्नु पर्थ्यो मार्कसिट बेची राहदानी
पढेर आफ्नै देशमा जागीर निश्चय भए

मिठो मह छोडी ठूलो फराकिलो समुद्रझैं
स्वाद चाख्नेको भीडमा नुनिलो बन्न तय भए

जादू गर्ने बोली थियो झर्किएर बोल्दा खेरी
त्यो बोली आमाकै हो त्यति जादुमय भए ।

गजलः धोकेबाजसँग

फेरि साँचो प्रेम भएर त बार बार भयो
टुक्रिएको मुटु माथि फेरि प्रहार भयो थाहा

थियो मलाई ऊ धोकेबाज भनी
फेरि पनि उही सँग किन? प्यार भयो

लिलामीमै उठाए छौ यो कोमल मुटु
ऋण चुक्ता नगर्दा त मुटु, व्यापार भयो

खुसी हुने साथ तिम्रो तिमी सँगै लिँदा
दुःख पीडा सम्झी दिल, जैले बिमार भयो

भौँतारिने छ चारैतिर तिम्रो साथ खोज्दै
बुझ्दैन यो आशिक, तिम्रो घरबार भयो ।

त्रिवेणी -६, बाजुरा