घाम लागेको छ र कतै बादल लागेको छ
जलकुण्ड छ र वरिपरि गाजल लागेको छ

हल्लाको भीड छ र भीडको असाध्यै हल्ला छ
पागलको पछि भीड वा भीडमा पागल लागेको छ

राग अनुसार बदलिन सक्ने क्या ताल छ
ए ! हजुर के जिब्रोभित्र लुकाएको मादल छ

सकी नसकी जीवनभर बोकेको त्यो धोक्रोमा
यथार्थमा शून्य छ या बाटाखर्ची सामल छ

बोकेको जो अर्धतरल गाढा पदार्थ टापूमा
त्यहाँ कुनै पुस्तक छ या कालिगडी ज्यासल छ ।