जति बदल्छ आफूलाई ऊ फूलमा अचेल
त्यति नै पर्दछ अक्सर ऊ शूलमा अचेल
शान्तिको बाटोमा नि देखेन गुञ्जायस
किन देख्दैछ भविष्य ऊ हुलमा अचेल
विश्वासको खुन अझै चुस्दैछ लामखुट्टेले
पक्का रहेछ षड्यन्त्र त झुलमा अचेल
तल मात्रै सुधार्यौं विकृतिका नाला
फोहोर मैला त रैछ धेरै मूलमा अचेल
याचनाले नहुने, नतमस्तक हुनैपर्ने
यस्तो पो रहेछ सजाय भुलमा अचेल ।
वागमती ११, कर्मैया, सर्लाही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला