१.
संघर्ष गर्दैछु एकदिन केही गरेर देखाउँछु
झुपडीमा छु एकदिन महल सरेर देखाउँछु
थोरै जखममा आत्तिन्छन् सबै लाग्छ
म चुपचाप एकदिन मरेर देखाउँछु
रित्तो छ गोजी अनि सम्बन्धहरू पनि
हेर एक दिन गोजीसँगै सम्बन्धहरू भरेर देखाउँछु
एक्लो छु भनेर हेपेका छन् सबैले मलाई
लाग्छ म एकदिन हजारौंको अघि परेर देखाउँछु ।
२.
थाहा छैन भित्रबाट म किन गल्न थालेँ
सोच्थेँ दरो थेँ आफू अचानक ढल्न थालेँ
अरुका लागि चल्छु खुशी दिन्छु भन्थेँ जसरी नि
सकिनँ कसैगरी अनि आफैँ चल्न थालेँ
आगो भएर सबैलाई ताप दिँदा गलत लागे
अब एक्लै छुट्टिएर दियो भई बल्न थालेँ ।
ममता अधिकारी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला